पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक भएको बताएका छन् । पोखराको एस.ओ.एस.हर्मन माइनर बिद्यालयको ३८ औं बार्षिक खेलकुद दीवसको बिहीबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले हाल शिक्षामा अस्त व्यस्त देखिएको उल्लेख गर्दै देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक भएको बताएका हुन् ।
नेपालको शिक्षा निती समय सापेक्ष नभएको बताउदै मन्त्री बरालले शिक्षासँगै बिद्यार्थीहरुको सर्वाङगिण विकासको लागि खेलकुद समेत आवश्यक भएको जनाए । खेलकुदमा आम जनताको पहुँचमा पुराउनु पर्ने बताउँदै मन्त्री बरालले खेलकुदले व्यत्तिलाई अनुसासित र शारीरिक रुपमा मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बिद्यालयले शिक्षा क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै मन्त्री बरालले शिक्षालाई प्रभावकारी बनाउन राज्यको तर्फबाट सहयोग हुने बताए । प्रदेश सरकारको तर्फबाट समेत बिद्यालयको शैक्षिक विकासको लागि सहयोग हुने उनले जनाए । यसैबिच मन्त्री बराललाई मार्च पासमा सहभागि बिद्यार्थीहरुले सलामी दिए । रातो कार्पेट र पिर्का हटायर मन्त्री बरालले मार्च पासमा सहभागि खेलाडीहरुलाई सलामी फर्काएका थिए ।
बिद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहायक प्रिन्सिपल किरण सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो । राष्ट्रिय सेवा दल सहितका ५ समुहले मार्च मास सहित विभिन्न खेलकुदमा सहभागि हुने भएको शिक्षक विरसिंह बुद्धले बताए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?