पोखरा । पोखराका बुटिक व्यवसायीहरूको छाता संगठन बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीसमगर सर्वसम्मत निर्वाचित भएकी छन् । ग्लोरी फेशन होमकी सञ्चालिका श्रीस यसअघि, उपाध्यक्ष थिइन् ।
शनिबार सम्पन्न एशोसिएसनको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणसभाबाट उपाध्यक्षमा पिपनदेवी गुरुङ, सचिवमा श्वेता भट्टराई लम्साल, सह–सचिवमा लता बराल र कोषाध्यक्षमा इन्दिरा लामिछाने सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरूमा अमित बराल, एलिसा क्षेत्री, कल्पना गुरुङ, विना पाइजा, कुसुम केसी र सपना गुरुङ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति, गण्डकी प्रदेशकी अध्यक्ष एवं गुरुङ ब्यूटि पार्लर एकेडेमीकी प्रबन्ध निर्देशक चिनु गुरुङले महिला उद्यमीहरू संगठित भएर नेतृत्व विकासमा लाग्नुपर्ने बताइन् । थ्री सिस्टर्सकी अध्यक्ष लक्की कार्कीले महिलाहरू उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताउँदै व्यवसायिक र उद्यमी बन्नुपर्नेमा जोड दिएन् । सो अवसरमा एशोसिएसनका सदस्य अमित बरालले पनि बोलेका थिए ।
बुटिक एशोसिएसन नेपाल, पोखराकी निवर्तमान अध्यक्ष सुष्मा थापा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव श्वेता भट्टराई लम्साल र उपाध्यक्ष शान्ति श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैबीच, एशोसिएसनको सल्लाहकारमा चिनु गुरुङ, सबि शेरचन र रेणु सुब्बा तथा कानूनी सल्लाहकारमा अधिवक्ता गिरीधारी सुवेदी चयन भएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह