काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलोे संख्यामा प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । आइतबार नेपाल प्रहरीका ७९ एसपी सरुवा भएका हुन् । केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरेको थियो ।
सूचीअनुसार कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरुवा गरिएको छ। उनी गत साउन १७ गते मात्रै महानगरीय प्रहरी परिसर ललितपुरबाट कास्की आएका थिए । ‘सिंघम स्टायल एसपी सिंह’ भनेर चिनिने एसपी सिंहको कास्कीमा कार्यकाल विवादमुक्त रह्यो । मिडिया मैत्री स्वभावका सिंहले आलोचना खेप्नुपरेन भने कास्कीमा सक्दो राम्रा कामहरु नै गरेको यहाँको नागरिकको बुझाई छ ।
कास्कीमा ओम राना आउने भएका छन् । उनी महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा थिए ।तनहुमा उमेशराज जोशीको स्थानमा सिद्दीबिक्रम शाह, बाग्लुंगमा चन्द्र कुवेर खापुंगको स्थानमा राजेन्द्रप्रसाद भट्ट, गोरखाका प्रकाश अधिकारीको स्थानमा लोकेन्द्र श्रेष्ठ, चितवनमा सुशील राठौर सरुवा भएका छन् ।

भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का र बारामा मिरा चौधरीको सरुवा भएको छ। कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन्। अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको छ। लामो समयदेखि सरुवा रोकिएको थियो।
तस्विरः जक्सन डटकम
हेर्नुस् सूची
सम्बन्धित खबर
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो