पोखरा । दुई बर्ष उमेरमा साङ्गीतिक क्षेत्रमा ड्रमसेट सार्बजनिक रूपमा बजाएर बिश्व कृतिमान कायम गर्न सफल भएका पोखराका बाल प्रतिभा उत्प्रेम जोजिजु सम्मानित भएका छन् । पोखरामा रहेको नेवाः खल नेवा मिस पुचःले मरी घ्यू चाकु सल्हु महोत्सव तथा नेवारी सांस्कृतिक कार्यक्रम २०७८ को अवसरमा बिश्व कृतिमान एवं बालप्रतिभा जोजिजूलाई सम्मान गरेको हो ।
नेपाल सहित आफ्नो समुदायको नाम बिश्व सामु चिनाउन सफल भएकोमा पुंचःले उहाँलाई हालै एक समारोहका बिच सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, विशेष अतिथि नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ, पृथ्वीचोक मिसाः पुचः पृथ्वीचोकका अध्यक्ष प्रमिला श्रेष्ठ जोशीले अबिर खादा टीका दोसल्ला ओढाइ जोजिजूलाई सम्मान पत्र प्रदान गरि सम्मान गरेका हुन् । यसैबिच हालै सम्पन्न एक समारोहमा समाजसेवी वृद्ध आमा बिष्णु माया श्रेष्ठलाई सामाजिक योगदान कदर स्वरुप दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो ।
सोही अबसरमा जोजिजु म्युजिक सेन्टर एन्ड म्युजिक स्कुलको दुई दशक देखीको साङ्गीतिक योगदान तथा सो स्कुलको संचालक एबम गायक एबम सङ्गीतकर्मी बिनित जोजिजु र सानू जोजिजु लाई कार्यक्रम सफल पार्न सङ्गीतको माध्यम बाट महत्वपूर्ण भुमिकाको कदर स्वरुप मिसाः पुचः पृथ्वीचोकका अध्यक्ष प्रमिला श्रेष्ठ जोशी तथा सस्थापक अध्यक्ष रेबिका श्रेष्ठले खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।
सोही अबसरमा संस्था आजिबन सदस्य कलाकार निर्मला पालिखे, नेवाः ल्याम्ह पुचः कास्कीका संस्थापक अध्यक्ष राम बहादुर रजक नेवाः कचा खलः पृथ्वीचोकका अध्यक्ष केदार प्रसाद श्रेष्ठ लगायत लाई प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेवारी परिकार खानेको साथै नेवारी सर समान बिक्रि बितरण समेत गरिएको थियो ।
सो कार्यक्रममा नेवारी गीत, नेवारी नाच, लाखे, तायाः मचाः, कुमारी नृत्य, बज्र योगीनी नृत्य, पाँच वर्षिय बाल प्रतिभा उत्प्रेरणा बिश्व कृतिमानी बाल प्रतिभा उत्प्रेम भोइलिनमा सानू नेवारी गीत बिनित जोजिजुले प्रस्तुती गरेको कार्यक्रम म्युजिक स्कुलको नब कलाकारहरुले गायन बादन नृत्य गरि मनोरञ्जन प्रदान गरिएको आयोजकले जनाएको छ । साथै उक्त कार्यक्रम संचालन रोमा रजक, सेलिका श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?