पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्य सम्वन्धि नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।
प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(जेष्ठनागरिक वार्ड) स्वास्थ्य सेवाको आज शुभारम्भ गर्दै उनले भौतिक पूर्वाधार तथा दक्ष जनशक्ति व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहेको बताइन् ।
कोभिड–१९ को तेश्रो लहर ओमीक्रोनको संक्रमणबाट जोगिन उच्च मनोवलका साथ पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालन गर्नु अपरिहार्य भएको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारले नागरिकलाई सर्वसुलभ रुपमा खोपको व्यवस्थामा गर्दै आएको बताइन् ।
प्रदेशमा कोभिडको कारण ज्यान गुमाउने परिवारका लागि जनहि ५० हजार र आश्रित बाबबालिकाका लागि मासिक पाँच हजार रुपैयाँको व्यवस्था गर्नका लागि आवश्यक कार्य विधि तयार भई रहेको उनले जानकारी दिइन् ।
पोखरा बृद्धाश्रमले समाजका विपन्न, असहाय र बेवारिसे अवस्थाका जेष्ठनागरिकलाई सेवा प्रदान गरेर राज्यको भूमिका निर्वाह गरेको बताउँदै मन्त्री अधिकारीले प्रदेश सरकारबाट आश्रम सञ्चालनका लागि आवश्यक सहयोग रहने विश्वास व्यक्त गरिन् ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जोरियाट्रिक सेवा सञ्चालनसँगै बृद्धाश्रमका आमाबुबाको लागि मात्र नभईं समाजका सम्पूर्ण जेष्ठनागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिइन् ।
दक्ष जनशक्तिद्धारा स्वास्थ्य परिक्षण, उमेर समुहका आधारमा जेष्ठनागरिकमा देखिने समस्याको समाधान, औषधि सेवन लगायत आवश्यक सुविधा उपलव्ध गराउन जोरियाट्रिक सेवा प्रभावकारि हुने विश्वास व्यक्त गर्दै उनले यसको निरन्तरताको लागि तीनै तहका सरकारको साथ र सहयोग आवश्यक रहने बताइन् । आश्रममा हाल विभिन्न जिल्ला र समुदायका ४५ जना जेष्ठनागरिक सहित ५५ जना आवद्ध छन् ।
कार्यक्रममा बृद्धाश्रमको निरन्तरताको लागि सञ्चालित अक्षयकोषमा ५५ हजार ५५५ प्रदान गर्नुहुने केदारनाथ अधिकारी र २५ हजार १२५ रुपैया प्रदान गर्नुहुने सुन्दर विजय कोइराला तथा बृद्धाश्रमका उत्कृष्ट कर्मचारी लक्ष्मी सुवेदीलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा जेष्ठनागरिक महासंघ गण्डकीका उपाध्यक्ष गुमानसिंह कार्की, जेष्ठनागरिक सरोकार समाजका इच्छा बहादुर वाग्ले, पोखरा वृद्धाश्रमका सचिव केशव लम्साल, कोषाध्यक्ष धर्मबहादुर गुरुङ लगायतले बृद्धश्रमको महत्व र जोरियाट्रिक वार्डको आवश्यकताका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’