गण्डक न्युज । पोखरामा ट्राफिक सप्ताह समापनको दिन दुई दुर्घटना भए । सबैभन्दा बढि दुर्घटना अहिले मालेपाटन क्षेत्र र हेम्जामा हुने गरेको छ ।
फराकिलो बाटो, तीब्र गति, लेनको ज्ञान नहुनु । यही कारण पोखरा ५ पस्र्याङको आकर्षक चार लेनको सडकमा अहिले दुर्घटना बढेको छ । सोमबार दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल ट्रक मुनी घुस्यो । रोकिराखेको ट्रक हुनाले ठूलो दुर्घटना टर्यो ।
जिरोबाट मालेपाटनतर्फ जाँदै गरेको ग३प ३४८४ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ गईरहेको ग३प २४१ नम्बरको बाइक ठोक्कियो । जिरोबाट हिँडेका चालक सिर्जनाचोक निवासी वर्ष ४० का ज्ञानु गिरी र पछाडि बस्ने, ३५ मेनुका गिरी घाईते भए । हात, घुँडा लगायतका अंगमा चोट लागेको छ ।
यस्तै, ग३प २४१ नम्बरका बाइक चालक जिरोका २० वर्षीय विदुर जिसीको देब्रे कुममा चोट लागेको छ । घाईते सबैको मेट्रो सिटीमा उपचार गरिएको छ । ठक्कर खाएपछि मोटरसाइकल ट्रक मुनि छिरेको थियो ।

यस्तै, सोमबार २५ ग१ख ६०७३ नम्बरको ट्रकले पोखरा २५ हेम्जा निवासी अर्जुन बिकका छोरा सञ्जय बिकलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको छ र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
तस्विर: मन गुरुङ
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए