सुन्दर कुमार थकाली, मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको समयमा मनाङ हुँदै मुस्ताङ आउने र मुस्ताङ हुँदै मनाङ जाने अन्नपूर्ण पदयात्रीलाई आवत जावत सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।
जिल्ला सुरक्षा समितिको मंगलवार बसेको आकस्मिक बैठकले भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको कार्यक्रमलाई सुरक्षित र भरपर्दो बनाउने एवंम् तीर्थयात्री र पर्यटकहरुको पदयात्रालाई नियमित गराउन वैकल्पिक व्यवस्था गरेको हो । सुरक्षा समितिले गृह मन्त्रालयको चलानी नं. १३२९ को प्राप्त पत्रअनुसार यसप्रकारको निर्णय गरेको जनाएको छ ।
सुरक्षा समितिको निर्णय अनुसार मोदी भ्रमणको समयमा पदयात्रीले मनाङ हुँदै मुस्ताङ र मुस्ताङ हुँदै मनाङ आवत जावत गर्न मुक्तिनाथ क्षेत्र बाहिरको वैकल्पिक बाटो छेङ्गुर, झोङ र पुडाकको बाटो प्रयोग गर्नुपर्ने जनाएको छ ।
यस्तै, जिल्ला सुरक्षा समितिले आसन्न मोदीको मुक्तिनाथ भ्रमणको समयलाई सुरक्षित र भरपर्दो बनाउन आम सर्वसाधारण तिर्थालुलाई २० घण्टा मुक्तिक्षेत्रमा प्रबेश गर्न रोक लगाउने निर्णय गरेको छ । जसअनुसार मुक्तिनाथ आउने तिर्थालुले बैशाख २८ गते साँझ ४ बजेदेखि बैशाख २९ गते मध्यान्ह १२ बजे सम्म मुक्तिक्षेत्र प्रबेश गर्न नपाउने शाखा अधिकृत जितेन्द्र बलामीले जानकारी दिए ।
प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी तथा भारतीय संञ्चारकर्मी मुस्ताङ आउने कार्यक्रम रहेको छ । जसअनुसार मुक्तिनाथ आउने टोलीले मोदीको मुक्तिनाथ भ्रमण अवधिभर सोही स्थानमा बसेर सुरक्षा प्रदान गर्ने बताईएको छ भने सुरक्षाकर्मीसंगै आएका भारतीय सञ्चारकर्मीले मुक्तिनाथबाटै मोदी भ्रमणको रिपोटिङ तथा प्रत्यक्ष प्रशारण गर्ने जनाईएको छ ।
त्यस्तै हिमाली जिल्ला भएकाले मौसमका कारण हेलिकप्टर उडान गर्न कठिनाई आउने समस्यालाई दृष्टिगत गर्दे मोदी भ्रमणको वैकल्पिक व्यवस्था गरिएको छ । मोदीको थप सुरक्षाका लागि पोखराबाट करिव २० वटा भन्दा बढी सुरक्षा निकायका गाडीहरु मुस्ताङ आउने क्रममा रहेको बताइएको छ । जसमा ५ वटा गाडीहरु जोमसोममै रहने र बाँकी गाडीहरु मुक्तिनाथक्षेत्रमा जाने तैयारी छ । मोदीको सुरक्षाका लागि धावनमार्ग हुँदै स्कटिङ गरेर गन्तव्यमा पु¥याउने प्रबन्ध समेत मिलाईएको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ