पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङ नगरपालिकाले अत्यावश्यकबाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ ।
नगरपालिकाले आजदेखि यही माघ २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै नियमित सेवा बन्द गरेको हो । जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्रगतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेको र कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले सेवा बन्द गर्नु परेको बताइएको छ । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ ।
यस्तै, जिल्ला अदालतले पनि आइतबारदेखि आउँदो २५ गतेसम्मलाई अत्यावश्यकबाहेकका नियमित सेवा स्थगन गर्ने निर्णय गरेको छ । न्यायाधीश र कर्मचारीमासमेत कोरोना सङ्क्रमण देखिएकाले सेवा प्रवाह स्थगन गर्नुपरेको अदालतले जनाएको छ । मुलुकी फौजदारी संहिता, बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा निवेदन दर्ता र सुनुवाइ, अभियोगपत्र दर्ता, चालु मुद्दाको मिलापत्र र फिर्ता जस्ता अत्यावश्यकीय सेवा भने नियमित सञ्चालनमा रहने अदालतले जनाएको छ ।
सेवा स्थगन भएको अवधिमा मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख भने नगुज्रने अदालतले स्पष्ट पारेको छ । गत आइतबारदेखि मालपोत कार्यालयको सेवा पनि प्रभावित छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा