सुन्दर कुमार थकाली, मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको सुरक्षा प्रवन्ध तथा कार्ययोजना तयार गर्न भारतीय एआजी सहित करिव १५ जना टोली रहेको स्पेशल सुरक्षा फोर्स हिमालपारी मुक्तिनाथतर्फ आउँदै गरेको जनाईएको छ ।
टोली फोर्समा भारतीय ४ जना एआईजी सामेल छन् ।पोखराबाट बिहान करिव ९ बजे मुक्तिनाथतर्फ प्रस्थान गरेका उनीहरु बुधवार साँझ जोमसोम आईपुग्ने जनाईएको छ । बिशेष पुर्व तयारीका लागि मुक्तिनाथ आएका भारतीय स्पेशल फोर्सले मोदी भ्रमणलाई व्यवस्थित गर्न बिहिवार जिल्लाका सरोकारवाला निकाय संग उच्चस्तरिय छलफल गर्ने कार्यक्रम रहेको छ ।
फोर्स सम्मिलित छलफलले मोदी सरकारलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने बारेमा टुङ्गो लगाउने श्रोतले जनाएको छ ।
यस्तै उक्त टोली फोर्स मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिशसरमै रहेर सुरक्षा प्रदान गर्ने जनाईएको छ ।यसका साथै नेपाल सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने भएका छन् ।
यसका साथसाथै मुक्तिनाथको स्तरोन्नती तथा मर्मत सुधारकार्य तिब्र रुपमा अघि बढेको छ भने मोदीको स्वागतका लागि गेटहरु बनाउने काम भैईरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ धाराले जानकारी दिए । यस्तै, मोदी भ्रमण टोलीको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै जिल्ला स्वास्थ्य कार्यालयले आईसियु क्याम्प सहित शिविर संञ्चालन गर्ने जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित