लेखनाथस्थित पावरहाउस चोकबाट २ केजी गाँजासहित युवक पक्राउ

लेखनाथस्थित पावरहाउस चोकबाट २ केजी गाँजासहित युवक पक्राउ

ganjaa

सांकेतिक तस्बिर

कास्की।  पोखराको पावरहाउसबाट एक युवक अवैध गाँजासहित पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं -३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागु औषध गाँजासहित पोखरा -९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग२ख ९२७ नम्बरको हाईस माइक्रोलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्दा उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ