पोखरा । दोस्रो भिमकाली सेभेन ए साईड कपको उपाधि संगम फुटबल क्लबले हात पारेको छ । ‘स्वास्थ्यको लागि खेलकुद, खेलकुदका लागि भिमकाली युथ क्लब’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा फुटबल क्लबलाई एक शुन्य गोलको झिनो अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
उपाधि सँगै संगमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त ग¥यो । त्यस्तै, उपबिजेता टिम तारा फुटबल क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजारमा चित्त बुझायो । बुधबार पोखराको पुरानो टँुडिखेलमा सम्पन्न फाईनल खेलमा निर्णायक गोल गर्न सफल सँगम फुटबल क्लबका टंक गुरुङ म्यान अफ द म्याच घोषित भए । गुरुङले नगद रु ५ हजारको साथमा आकर्षक मोबाईल सेट, ट्रफि सहित प्याराग्लाईडिङ गर्ने अबसर प्राप्त गरे ।
त्यसैगरी प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षक सँगम फुटबल क्लबका गोल रक्षक राजन गुरुङ घोषित भए । उनले नगद रु ५ हजार, एक थान डिस होम तथा एक सेट आकर्षक मोबाईल सहित निशुल्क प्याराग्लाईडिङ गर्ने अबसर प्राप्त गरे ।
तारा फुटबल क्लबका रोशन हिराचन प्रतियोगिताकै उत्कृष्ट डिफेण्डर बन्न सफल भए । त्यसैगरी डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडका स्टेफेनले प्रतियोगिता अबधीभर ७ गोल गर्दै सर्बाधिक गोलकर्ता बन्न सफल भए । उनीहरुले जनही ५ हजारको साथमा ट्रफि र निशुल्क प्याराग्लाईडिङ गर्ने अबसर हात पारे ।
कुल ६७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट अन्तिम चारमा पुग्न सफल रत्न समाज सेवा कस्केरी अनुशासित टिमको रुपमा घोषित हुदै नगद रु ५ हजार सहित ट्रफि प्राप्त ग¥यो । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) लगायतले पुरस्कार बितरण गरेका थिए ।
सोही अबसरमा बोल्दै अध्यक्ष शेर्पाले फुटबल क्षेत्रमा अब नौलो आयाम थपिने बताए । उनले सिमित पक्षले एन्फालाई उल्टो दिशा तिर निर्देशित गरेको औल्याउदै फुटबल क्षेत्रमा बिकासले गति लिन नसकेको बताए । उनले भने “अब फुटबल क्षेत्रमा परिबर्तनको उज्यालो दियो बल्छ, हामी “गो एन्फा” भन्ने अभियान सहित अगाडी बढ्न सुरु गरिसकेका छौ ।” उनले पोखराकामा ६÷७ वटा फुटबल ट्रेनिङ सेन्टरको स्थापना गर्न पहल गरेको बताउदै पोखराका बिद्यार्थीहरु फुटबल खेल्नबाट बञ्चित हुन नपर्ने समेत उनको भनाई थियो ।
समापन कार्यक्रममा एन्फाका नबनिर्बाचित केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए, भने भिमकाली क्लबका अध्यक्ष कृष्ण गुरुङको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सञ्चलन भाईराज राना मगरले गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प