सुन्दर कुमार थकाली, मुस्ताङ । शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुुक्तिनाथ भ्रमणको पुर्वतयारी तथा व्यवस्थापनका लागि भारतीय प्राविधिक तथा व्यवस्थापनको एक टोली भारतीय वायुसेवा मार्फत जोमसोम आईपुगेको छ ।
अतिआवश्यकीय समाग्राीहरु तथा मेडिकल सामाग्री सहित उच्चस्तरिय टोली जोमसोम उत्रिएको हो । जोमसोम उत्रिएको प्राविधिक तथा विहिवार नै मुक्तिनाथ क्षेत्र जाने भएको छ । त्यस्तै, मोदी भ्रमणको व्यवस्थापनका लागि विहिवारनै भारतीय अधिकारी जिल्ला सुरक्षा समितिको मुक्तिनाथमा बैठक बस्ने सिडियो शिशिर पौडेलले जानकारी दिए ।
यस्तै, जिल्ला सुरक्षा समितिले मोदी भरपर्दो सुरक्षाका लागि भोली शुक्रवार मध्यान्ह ४ बजेदेखि शनिवार १२ बजे सम्म मुक्तिनाथक्षेत्रको ८ सय मिटर वरपर पुरै शिल गर्ने भएको छ । उनले मोदीको सुरक्षाका राज्यका तर्फबाट पर्याप्त सुरक्षाकर्मी परिचालन हुने बताए ।
मुुस्ताङको आकाशमा बिहिवार मोदी भ्रमणका लागि हेलिमय भएको छ भने जिल्ला पुरै मोदीमय बनेको छ । शनिवार हुने मोदी भ्रमणको स्वागतका लागि जिल्ला समन्वय स्वागत समितिले, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ बिकास समितिले ४ वटा स्वागत गेट निर्माण गरेको छ ।
मोदी भ्रमणका लागि मुक्तिनाथक्षेत्रमा ५ वटा हेली प्याड बनाईएको छ । मोदीले मुक्तिनाथका पुजारी कृष्ण प्रसाद सुबेदीसंग पुजा र दर्शन गर्ने भएका छन् ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला