ज्यान मार्ने उद्योगका फरार प्रतिवादी स्याङ्गजाका शंकर सुवेदी २० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी स्याङ्गजाका शंकर सुवेदी २० वर्षपछि पक्राउ

Syangja Police

स्याङ्जा।  ज्यान मार्ने उद्योग/चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका-५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ । २०५३ साल वैशाख २ गते आँधिखोला गाउँपालिका वडा नं -५ बस्ने बल बहादुर बोगटीलाई सुवेदीले वियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाएर पैसा समेत चोरेर लगेको अभियोग थियो ।

घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले सुवेदीलाई ५ वर्ष कैद सजाय तोकेकोमा त्यसपछि सुवेदी फरार रहँदै आएका थिए।

फरार उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट बुधबार फेला पारी पक्राउ गरेको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ