सुन्दर कुमार थकाली, मुस्ताङ । यही शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको पुर्वसन्ध्यामा मुक्तिनाथ क्षेत्रको रौनक उत्कर्षमा पुगेको छ ।
जसका लागि मुक्तिनाथ क्षेत्र विकास समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीय रानीपौवासीका स्थानीयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागार्थ गेट निर्माण देखि मुक्तिनाथक्षेत्रको आवश्यक मर्मत सुधारकार्यलाई तिब्रता दिएका छन् ।
मोदी भ्रमणको तैयारीको क्रम अन्तिम चरणमा पुगेको जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिईन् । उनका अनुसार मुक्तिनाथ बिकास समिति, स्थानीय तह, जिल्ला समन्वय स्वागत समिति र रानीपौवाबासीले मोदी भ्रमणको तयारीका लागि तिब्र रुपमा काम अघि बढाएको जनाईन् । मोदी भ्रमणका लागि जिल्ला स्वास्थ्य कार्यालय जोमसोमले मिनी हेल्थ आईसियु स्थापना गरेको छ भने मिनी आईसियु टोलीसंग भारतीय स्वास्थ्य टोलीले सहकार्य गर्ने जनाईएको छ ।
मोदीको मुक्तिनाथ भ्रमण तथा पुजापाठमा स्वामी कमलानयन आचार्य बिहिवार मुक्तिनाथक्षेत्र पुगेका छन् । उनी मोदीको मुक्तिनाथमा हुने पुजामा सरिक हुने जनाईएको छ । मोदीले मुक्तिनाथमा डेढघण्टा पुजा गर्ने समय मिलाईएको छ ।
त्यस्तै, विहिवार भारतीय एआइजी सहितको सुरक्षा फोर्स तथा प्राविधिक टोली भारतीय हेली मार्फत मुक्तिनाथ क्षेत्रमा पुगेको छ । उक्त भारतीय सुरक्षा टोलीले मोदी भ्रमणका लागि चाहिने आवश्यक बन्दोबस्तीका ससामान सहित व्यवस्था मिलाएका छन् ।
मोदी भ्रमणका लागि जिल्ला सुरक्षा समितिको बैठक मुक्तिनाथमा बसेको छ । सिडियो शिशिर पौडेलका अनुसार भारतीय सुरक्षा टोली संग मोदी भ्रमणका बारेमा छलफल गर्नु अघि पुर्व तैयारी स्वरुप जिल्ला सुरक्षा समितिले सामान्य छलफल गरेको जानकारी दिए । उनले मोदी भ्रमणलाई कसरी भरपर्दो र व्यवस्थित गर्ने भन्नेबारे शुक्रवार अन्तिम टुंगोमा पुग्ने जनाए ।
मोदी भ्रमणको सुरक्षा गस्तीका लागि मुक्तिनाथ क्षेत्र आसपास ठूलो संख्यामा सुरक्षाकर्मीले सुरक्षा निगरानी गरिरहेको छ । मुस्ताङका डिएसपी रामहरी पाण्डेका अनुसार मोदी भ्रमणको सुरक्षार्थ नेपाल प्रहरीका १ सय ८५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ भने त्यतिकै संख्यामा शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा निगरानी गरेको छ ।

विहीवार मुक्तिनाथक्षेत्रमा भारतीय हेलिकप्टर र नेपाली हेलिकप्टरले मुक्तिनाथ क्षेत्रको हवाई गस्ती गरेका छन् । विहिवार देखि मुक्तिनाथ क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी बढाईएको छ भने जिल्ला बाहिरबाट पनि थप सुरक्षाकर्मी परिचालन भएको छ ।
भाग्यमानी मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको पुर्वसँध्यामा मुत्तिनाथक्षेत्रमा हिउँ परेको छ । बुधवार राती परेको हिउँले मुक्तिनाथ क्षेत्रका डाडाकाँडा सेताम्मे भएपछि मोदीको मुक्तिनाथ भ्रमण अविश्मरणीय बन्ने भएको छ । हिउँ नपर्ने समयमा हिउँ परेपछि मुक्तिनाथ दर्शन गर्नेमा मोदी भाग्यमानी सावित हुने भएका हुन् ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा