पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिएका छन् । प्रदेशको अर्थ मन्त्रालयले बिहीबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले छुट नपाउदै पुंजिगत खर्च ८० प्रतिशत भन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिएका हुन् ।
लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रह गर्दै मन्त्री बरालले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्नुपर्ने बताए । संघको बजेटले मात्र प्रदेश सरकार चल्नुको औचित्य नहुने उनले जनाए । सम्बन्धित कार्यालयहरुको समस्या पहिचान गरी समाधान गर्न भनि आयोजना गरिएको उक्त कार्यक्रम पश्चात योजनाहरु समयमै गुणस्तरिय ढंगले सम्पन्न हुने मन्त्री बरालले विश्वास व्यक्त गरे । आगामी बर्षमा आवश्यक पर्ने योजनाहरु सम्बन्धित कार्यालयहरुले जनताको आवश्यकताको आधारमा मात्र ल्याउनु पर्ने मन्त्री बरालको भनाई थियो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले राजश्व बृद्धि हुने श्रोतहरुको खोजी गर्नुपर्ने बताए । मन्त्रालयले कम्तिमा चौमासिकमा छलफल तथा अन्तरक्र्रिया कार्यक्रम गर्न सके बजेट प्रभावकारी हुने उनले दाबी गरे । प्रदेश निती तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गरेसंगै गुणस्तरियतालाई समेत ध्यान दिन सुझाव दिए ।
मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले सम्बन्धित मन्त्रालयले २५ प्रतिशतसम्म रकमान्तर गर्न सक्ने बताउदै बढी रकम रकमान्तर गर्नु पर्ला अर्थसंग सहमति लिनुपर्ने बताए । यस बर्ष खर्च भएर बचत हुने सम्भावना न्यून रहेको उनले बताए ।
मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले पुंजिगत खर्च बढाउने उद्धेश्यले हालसम्म प्रदेशका ९ जिल्लामा उक्त कार्यक्रम गरिएको बताए । कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका किशोर कुमार श्रेष्ठले हालसम्म जिल्लामा पुंजिगत तर्फ १८ प्रतिशत र चालु चर्फ ३८ प्रतिशत बजेट खर्च भएको बताउदै १० करोड राजश्व संकलन भएको जनाए ।
भौतिक पुर्वाधार विकास कार्याँलयका प्रमुख दिनेश घिमिरेले जग्गा प्राप्ती, कोभिडको कारण ३९ योजना हाल बजेट नहुदा समस्या भएको बताए । बहुबर्षीय योजनाको यस बर्ष करिब २० करोडको दाहित्व
सृजना भएको उनले बताए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका राजेन्द्र प्रसाद न्यौपानेले लिफ्टीङ र बिद्युतीकरणका केही योजनाहरु भएको जसमा कम बजेट भएको गुनासो गरेका छन् । भू तथा जलाधार कार्यालय तनहुँका बजेट कम भएकोले कार्यालय प्रति नै हौचित्यता प्रति प्रश्न उठ्ने गरेको बताए । कृषि ज्ञान केन्द्रका कुल प्रसाद न्यौपानेले घर बस्ती नजिक वन जंगल बढ्नाले बादर समस्या हुने गरेको जनगुनासो आएको जनाए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा बजेट कम, कर्मचारी कम, सवारी साधन आवश्यक, टुक्रे योजना लगायतको गुनासो आएको थियो । कार्यक्रमको संचालन भने मन्त्रालयका अधिकृत तारानाथ सुवेदीले गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो