मुस्ताङ । मुक्तिनाथकाे मूल मन्दिरमा फाेटाे खिच्न मनाही छ । आजसम्म मुख्य मन्दिरमा फोटो खिच्न पाएका थिएनन् तर आज भारतीय टेलिभिजनका पत्रकारलार्इ खुलेआम फाेटाे, भिडियाे खिच्न छुट दिइयो ।
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे मुक्तिनाथ दर्शनका क्रममा यहाँ पुगेका भारतीय टेलिभिजनका पत्रकारहरूले मूल मन्दिरकाे भित्री भागकाे समेत फाेटाे तथा तथा भिडियाे खिचेका हुन् । साथै स्थानीय पत्रकारलार्इ विभेद गर्दै भारतीय पत्रकारलार्इ खुलेआम छुट दिइएकाे छ ।
पत्रकार महासंघ मुस्ताङद्वारा भत्सर्ना
यसमा नेपाल पत्रकार महासंघ मुस्ताङले भत्सर्ना गरेकाे छ । नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले नेपाली पत्रकारहरूमाथि मुक्तिनाथमा विभेद गरिएकाे तर भारतीय पत्रकारद्वारा निषेधित क्षेत्रकाे समेत फाेटाे खिच्न दिइएकाे भन्दै अापत्ति प्रकट गरे ।
रिपाेर्टिङका लागि यहाँ पुगेका नेपाली पत्रकारहरुलार्इ सकसपूर्ण वातावरणमा राखियाे । हामीलार्इ मन्दिरको उत्तरपुर्बमा रहेको पुरानो कच्की घरको बार्दलीमा राखेर मूल स्थानमा जान दिइएन । जबकि भारतीय पत्रकारलार्इ खुलेआम छाेडिएकाे थियाे ।
माेदी बिहान काठमाडाैंबाट मुक्तिनाथ पुगेका थिए । यहाँ पूजा अर्चना र मन्दिरकाे दर्शन गरेर फर्किसकेका छन् ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह