अभिनेता पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

अभिनेता पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

Paul Shah

तनहुँ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज (आइतबार) जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं उपस्थित भएपछि प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ