पोखरा । बाथरूममा लडेर गम्भीर घाइते भएका प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।
टाउकोमा रगत जमेपछि मणिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।
उनलाई काठमाडौस्थित न्यूरो हस्पिटलमा उपचार हुने सुरक्षा निकायले जानकारी दिएको छ। शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी दिउँसो साढे ४ बजेतिर बाथरुममा नै लडेका थिए। उनका सहयोगीले तत्कालै उपचारको लागि फेवासिटी हस्पिटल पुर्याएका थिए। फेवासिटीमा सिटि स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएको थियो।
त्यसपछि सभामुख अधिकारीलाई इन्जियोग्राफी गर्न मेट्रोसिटी हस्पिटल लगिएको थियो । शुक्रबारै काठमाडौस्थित न्युरो हस्पिटल लैजाने तयारी भए पनि हेलिकप्टर नआए पछि मणिपाल अस्पतालको आसियुमा राखिएको उनका सहयोगीले बताए।
सभामुखको स्वास्थ्य स्थितिको जानकारी लिन तथा स्वास्थ्य लाभको कामना दिन प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूले अस्पताल पुगेका थिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए