सुन्दर कुमार थकाली, मुस्ताङ । दुई दिने राजकिय भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार बिहान हिमालपारीको जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन तथा पुजाआरधना गरेका छन् ।
उनले मन्दिरमा २५ मिनेट विशेष पुजाआरधना गरे । मोदीको पुजामा मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले धार्मिक विधि अनुसार पुजापाठ गरे भने मन्दिरका आनीहरुले यसमा साथ दिए । मोदीको मुक्तिनाथ परिसर प्रवेशपछि विशिष्ट कक्षमा ३ मिनेट समय खर्चिएर आफुले लगाएको पोशाक बदलेर १ सय आठधाराको मध्यभागमा पुगेर पवित्र जलसेचन गरेर सिधै मुक्तिनाथ भित्र प्रवेश गरे।
मोदी शनिवार बिहान ८ः३० बजे भारतीयवायु सेवा निगमको सैनिक बिमानमा हिमालपारी मुस्ताङको मुक्तिनाथक्षेत्र पुगेका हुन् । उनको स्वागातार्थ पर्यटनमन्त्री रविन्द्र अधिकारी, प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर ४ का गृहमन्त्री हरिबहादुर चुमान, प्रतिनिधि सभासदस्य प्रेमप्रसाद तुलाचन, मुस्ताङबाट निर्वाचित प्रदेश सांसदहरु, प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, ५ वटै स्थानीयतहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, जिल्ला अनुसन्धान र स्थानीय बाह्गाउँका गुरुङ समुदायले मौलिक सांस्कृतिक पहिरनका भेषभुषामा मोदीको स्वागतका लागि जुटेका थिए ।
मोदीलाई मुक्तिनाथमा हिन्दु ब्रामण कुमार तथा परम्परागत रुपमा मुक्तिनाथको संरक्षण गर्दे आएका आनीहरुको टोलीले स्वागत गरेका थिए । सो क्रममा मोदीले मुक्तिनाथका आनीहरु संग संयुक्त फोटो खिचाए । त्यसपछि भएको छोटो दर्शनभेटमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका करिव १५ जना उच्च ओहदाका व्यक्तिले मोदी संग दर्शन गर्दे हात मिलाए । जिल्ला समन्वय समिति,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,स्थानीय गुरुङ समुदायले १ सय ८ सालिग्राम सहित परम्पराग मौलिक संस्कृतिका उपहार मोदीलाई प्रदान दिए ।

त्यसपछि मोदी एकसुरमा मुक्तिनाथलाई नियाल्दै मन्दिर परिसरबाट बाहिरिए । मोदीलाई स्थानीय समुदायले बिदाई गरे । फर्कने क्रममा मोदी संग बसेर फोटो खिचाउनेको स्थानीयको लर्को थियो । मोदीले मुक्तिनाथमा डेढ घण्टा खर्चिदा सुरुआत देखि अन्त्य सम्म कुनै प्रतिक्रिया दिन चाहेनन् । मुक्तिनाथमा पहिलो पाईला टेकेका मोदीले निकै गौण तवरबाट मुक्तिनाथको प्राकृतिक सौन्दर्यता नियालि रहे । उनले मन्दिर परिसर र फर्कने बेला मुक्तिनाथबाट देखिने डाडाकाढाँलाई नमस्कार गरेर आफ्नो आत्मालाई पवित्र बनाए ।
मुक्तिनाथमा पुगेर मोदीले बजाए ढोल
शनिवार बिहान मुस्ताङ पवित्र धार्मिक स्थल मुक्तिनाथ आएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाडपर्वमा स्थानीयले बजाउने ढोल बजाएर रमाईलो गरे । फर्कने क्रममा बिदाई गर्न लाईनबद्ध भएर बसेका मुस्ताङको बाह्गाउँका गुरुङ समुदयले बजारहेको ढोलकको डण्डी मागेर ३ मिनेट ढोलक बजाएर आनन्द लिए ।
मुक्तिनाथक्षेत्रको भ्रमण आएका मोदीले स्थानीयवासी संग बसेर सेल्फी खिचाउदा मुसुक्क हाँस्न पुगे । ठुलो संख्यामा स्थानीयवासीको मास संगै फर्किएका मोदीले पुन चारैतर्फ मुक्तिनाथक्षेत्र नियाल्दै मुक्तिनाथलाई प्रणाम गरे । त्यस्तै ,मोदीको मुक्तिनाथ भ्रमणको रिपोटिङमा गएका संञ्चारकर्मीलाई भारतीय टोलीले साँघुरो घेरामा राखेपछि पत्रकारहरुले आक्रोस व्यक्त गरेका थिए । स्थानीय संञ्चारकर्मीको आक्रोसपछि भारतीय टोलीले नेपालका संञ्चारकर्मीलाई रिपोटिङमा केही शहजता दिलाएको थियो ।
मोदी भ्रमणको रिपोटिङमा शहभागी भारतीय सञ्चारकर्मी हावी बनेको थियो । यसबारे छोटो प्रतिक्रिया दिदै प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली पत्रकार माथि गरिएको व्यवहार ठुलो राष्ट्र भएको खेल भएको जनाए ।उनले मोदीको मुक्तिनाथ भ्रमणले धार्मिक आस्थाको केन्द्रलाई विश्व माझ पु¥याएको उल्लेख गर्दे यसले धार्मिक पर्यटनमा बृद्धि हुने उल्लेख गरे ।
प्रतिनिधि सभासदस्य प्रेमप्रसाद तुलाचनले भारतीय प्रधानमन्त्री प्रशन्न मुद्रामा मुक्तिनाथको दर्शन गरेर फर्कदा यसले भारतीय पर्यटकमा बृद्धि हुने बताए । मोदीको भ्रमणले मुक्तिनाथक्षेत्र हिन्दु र बौद्ध धर्मको सयुक्त रुपमा पुजा गर्ने थलोको रुपमा विश्वमा चिनाउन सहयोग पु¥याउने जनाए ।उनले मुस्ताङको पर्यटन बिकासमा सडक बिस्तार देखि पर्याप्त होटलहरुको पुर्वाधार निर्माण हुनुपर्ने उल्लेख गरे ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह