पोखरा । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरुमा त्रसित भएका छन्। पोखराको दुई ठाउँमा बम फेला परेको छ ।
आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्तीमा समेत नेकपाका कार्यकर्ताहरुले बम राखेका छन्। नेपाली सेनाको डिस्पोजल टोलले बम राखेको खबर पाए लगत्तै डिस्पोज गरेको छ ।

लेखनाथ महानगरपालिका १७ बिरौटा स्थित पोखरा विमानस्थल अगाडि पनि बम फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहको छ । नजिकै होटल अतिथिमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, आइजिपी सर्वेन्द्र खनालको उपस्थितिमा प्रदेशका ११ जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका प्रमुखहरु सहभागितामा सुरक्षा गोष्ठी जारी छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा देखाएको ‘आत्मसमर्पण तथा रास्ट्रघाती सम्झौता ‘ गरेको भन्दै नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गरेको थियो। बन्दमा भएका हिंसात्मक घटनाका कारण जनजीवन प्रभावित बनेको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?