पोखराको सभागृहचोक बाट लागु औषधसहित भारतीय नागरिक पक्राउ

पोखराको सभागृहचोक बाट लागु औषधसहित भारतीय नागरिक पक्राउ

arrested-kaski

कास्की।    पोखराको सभागृहचोकबाट प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।

भारतको मोतिहारी स्थायी घर भइ हाल पोखरा महानगरपालिका -८ सभागृहचोक बस्दै आएका १९ वर्षीय रोशन कुमार गुप्तालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।

विशेष सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा गुप्ताको साथबाट डाईजापाम -५७ एम्पुल, फेनेरागन -५७ एम्पुल र नुर्फिन–५७ एम्पुल गरी जम्मा १७१ एम्पुल लागु औषधसहित एक थान मोवाइल समेत वरामद गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds