अश्विन दानी, गोरखा । पूर्व प्रधानमन्त्री, नयाँशक्ति नेपालका संयोजक एवं गोरखा २ बाट निर्बाचित सांसद बाबुराम भट्टराईले गत आठ महिनादेखि साउदी अरबमा जेलजीवन बिताइरहेका गोरखाका कुमार रानाको उद्धार गर्न एकलाख रुपियाँ दिने घोषणा गरेका छन् ।
८० लाख रुपियाँ जरिबाना तिर्न नसकेर गत असोजदेखि साउदी जेलमा रहेका भीमसेनथापा गाउँपालिका ७ का रानालाई जेलमुक्त गरी नेपाल ल्याउन भट्टराईले सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । रानालाई उद्धार गर्ने उद्देश्यले रकम संकलन गर्न गठन भएको समितिले भट्टराईलाई भेटेर सहयोग गर्न अनुरोध गरेपछि भट्टराईले फेसबुकमार्फत सहयोगको घोषणा गरेका हुन् ।
भट्टराईले आफ्नो फेसबुकमा वालमा सरकारले कुनै सहयोग नगरेपछि नागरिककै पहलमा सहयोग आह्वान गरिएकोले सहयोग गर्न सबैमा आग्रह पनि गरेका छन् । ‘आफ्नो देशको गरीब नागरिक विपदमा पर्दा पाषाणहृदयी सरकारले कुनै सहयोग नगरेपछि नागरिकस्तरबाट यो पहल गरिएको छ ! बृद्ध बाबुआमा, नावालक सन्तान र सामान्य गृहिणी श्रीमती भएका गरीब कुमार रानालाई सहयोग गर्नु हामी सबैको कर्तव्य हुन्छ’ उनले फेसबुकमा लेखेका छन् ‘अतः देशविदेशमा बस्ने सबै नेपाली दाज्यूभाइ दिदीबहिनीहरूले उदार मनले ब्लडमनी संकलन अभियानले सार्वजनिक गरेको बैंक खाता (प्रभु बैंक, कलंकी शाखा, काठमाण्डौ, खाता नं. (०३९०१००१००६५६९०००००१) वा अन्य वैकल्पिक विधिमा सहयोग पठाउनुहुन हार्दिक अपिल गर्दछु । आफ्नो तर्फबाट रू एक लाख सहयोग गर्ने प्रतिबद्धता पनि गर्दछु ।’
रोजगारीको लागि छ बर्षअघि साउदी गएका रानाले चलाएको कम्पनीको गाडीले साउदी नागरिक घाइते भएका थिए । घाइतेले दिएको मुद्धाको फैसला गर्दै साउदी अदालतले ८० लाख रुपियाँ जरिबाना तोकेको थियो । जरिबाना तिर्न नसक्दा राना जेल जीवन बिताइरहेका छन् ।

सम्बन्धित समाचार
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु