पोखरामा बालिकाको मुन्द्रा चोरीमा संग्लग्न भएको आरोपमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ।
गत चैत्र १ गते पोखरा महानगरपालिका -१ टुंडिखेलस्थित राष्ट्रिय माविमा अध्ययनरत दुई जना बालिकाको सुनको मुन्द्रा चोरेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले ३ दिनपछि युवतीसहित चोरीमा संग्लग्न रहेको आरोपमा तीनजना लाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्याङ्गजा जिल्ला स्थायी घर भइ हाल पोखरा -१५ घलेचोक नयाँगाउ मार्ग बस्दै आएकी अम्बिका पुलामी मगर पोखरा – २३ स्थायी घर भई हाल पोखरा -१७ राष्ट्र बैंक चोक बस्ने वर्ष ६४ का थमन सिंह विश्वकर्मा र पोखरा – २१ निर्मल पोखरी घर भई हाल पोखरा -१ भैरवटोल बस्ने वर्ष २७ का निशान विश्वकर्मा रहेका छन् । थमन सिंह र नितेश विश्वकर्मा सुन पसलका संचालक हुन्।
प्रहरीले उनीहरुको साथबाट ७.६ लाल रहेको सुन जस्तो देखिने पहेँलो धातुले बनेको स-साना मुन्द्राका टुक्राहरू वरामद गरेको छ। अम्बिका पुलामी यस अगाडि पनि सोही प्रकृतिको अपराधमा संग्लग्न भएकोमा कास्की जिल्ला अदालतबाट गत पौष ५ गते एक लाख धरौटी तिरेर छुटेको प्रहरीले जनाएको छ।
हाल उनीहरुमाथि चोरी तथा डाँका कसुरमा जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा