पोखरा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ ।
सार्वजनिक सवारी, शिक्षण संस्था, कलकारखाना तथा मुख्य बजारका पसलहरुमा मात्र बन्दको प्रभाव प¥यो । नेकपाले राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा राष्ट्रघाती अरुण–३ को शिलान्यास, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेशमा विरोध गर्दै बन्द आयोजना गरेको जनाएको छ ।
नेकपाले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन भने धेरै जिल्लामा प्रभावित बन्यो । ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरु त्रसित भए । पोखरामा पनि चार ठाउँमा बम फेला प¥यो । तर प्रहरीले भने शक्तिशाली बम नभई तर्साउने प्रयास मात्र गरेको जनाएको छ ।

विरौटामा बम भएको क्षेत्र
पोखराको सैनिक वस्ती, बिरौटा, पृथ्वीचोक र अमरसिंहचोकमा झोलामा बम बनाउन प्रयोग गरिने बस्तु जोडजाम गरी तर्साउने काम भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ‘बम भनिहाल्न मिल्दैन तर तर्साउने काम गरेको हो । त्यसलाई निस्क्रिय बनाइयो ।’ खत्रीले भने ।
आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्तीमा नेकपाका कार्यकर्ताहरुले बम राखेका थिए । नेपाली सेनाको डिस्पोजल टोलीले बम राखेको खबर पाए लगत्तै डिस्पोज गरेको हो । यस्तै, पूर्वान्हको समयमा लेखनाथ महानगरपालिका १७ बिरौटा स्थित पोखरा विमानस्थल अगाडि पनि बम फेला परेको थियो ।

लेखनाथको सैनिक वस्तीमा राखिएको बम
नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । अमरसिंहमा पनि त्यस्तै वस्तु भेटिएको थियो भने अपरान्ह पृथ्वीचोक स्थित सस्तो बजार अगाडि शंकास्पद वस्तु भेटियो । पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहँदा दिनदाहाडै नेकपाका कार्यकर्ताहरुले आतंकित बनाउने काम गरे ।
नेकपाको यसअघिको बन्द भने शान्तिपूर्ण थियो । तर, यसपटक निर्वाचनका क्रममा जस्तो ठाउँ ठाउँमा बम हानिएको छ ।

तनहुँको मादी पुलमा राखिएको बम
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए