पोखरा। कास्की जिल्ला अदालतको इजलाश कक्षमा तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबारराति अनाधिकृत रुपमा प्रवेश गरी अदालतको १ नंवर र ६ नंवर इजलास कक्षमा तोडफोड गरेको अभियोगमा प्रहरीले पोखरा महानगरपालिका वडा नं -१५ टुटुङ्गा निवासी २७ वर्षीय ‘दावा’ भनिने अर्जुन परियारलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार सामान्य लेखपढ गर्न जान्ने परियारले इजलास भित्र वरामद भएका तथा डिस्पोज गर्न राखिएका लागु औषध चोर्ने उद्देश्यले इजलास तोडफोड गरेको जानकारी दिए।
पोखरा -६ वैदाममा रहेको इजलास कक्ष तोडफोड भएको जानकारी पश्चात प्रहरीको टोली पुग्दा अदालतको १ नंवर इजलास कोठाको ढोकाको ताला फोडी भित्र रहेको काठको टेबुल माथिको ईन्डेक्स फाईलहरु यत्रतत्र छरिएको भेटिनुका साथै इजलास नंवर ६ को टेबुलको घर्रा बाट कागजातहरु यत्रतत्र छरेको अवस्थामा पाइएको थियो। भने, अदालत परिसर भित्र गल्लीमा ११० ईन्च लम्बाई भएको बाङ्गिएको अवस्थामा रहेको फलामको रड फेला परेको थियो।

प्रवक्ता तिवारीका अनुसार पक्राउ परेका परियार यस अगाडि पनि पटक-पटक आपराधिक कार्यमा संग्लग्न रहेको पाइएको छ। उनी विरुद्ध २०७३।०२।०६ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा अभद्र व्यवहार मुद्दा, २०७३।०५।१५ गते वडा प्रहरी कार्यालय, रामबजारमा अभद्र व्यवहार मुद्दा, २०७३।०६।३० गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी मुद्दा, २०७४।०७।२१ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा लागु औषध मुद्दा, २०७४।१०।१७ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा अभद्र व्यवहार मुद्दा, २०७५।०३।२५ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा लागु औषध मुद्दा, २०७६।०८।०२ गते वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा अभद्र व्यवहार मुद्दा र २०७६।१२।०९ गते वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा लागु औषध कसुरमा कारागारबाट २०७८।११।२३ गते थुनामुक्त भएको प्रवक्ता तिवारीले जानकारी दिए।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा