पोखरा । पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आयोजना गर्ने प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा कार्यक्रमको तयारी तिव्र पारिएको छ ।
आगामी १३ देखि १८ गते सम्म तमु धिं नेपालमा आयोजना हुने उक्त महापूजाको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
समाजका अध्यक्ष धर्मगुरु डा. श्रीलामाले कोरोना भाईरसको महामारीका कारण मृत्युवरण गर्नेहरुको आत्मा शान्तिका लागि नेपालमै पहिलो पटक कांग्युर वाचन महापूजा आयोजना गर्न लागेको बताए । उनका अनुसार १ सय ३ ठेलीको ग्रन्थ ६ दिनमा सकिने लक्ष्य राखिएको छ ।
उनले हरेक दिन धर्म देशना, ग्रहशान्ति, र पितृपूजा हुने बताउदै बौद्धमार्गी मात्रै नभइ अन्य धर्मावलम्वीहरु समेत पूजामा भाग लिन सक्ने बताए । ‘हामै देशमा जन्मेका बुद्ध दर्शनको महत्व देशमा भन्दा अन्य मुलुकमा छ, उनले भने, ‘ त्यसैले बुद्ध दर्शन बारे पनि जानकारी दिने हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ ।’ उनले बुद्ध दर्शनको कमी कै कारण मुलुकमा हत्या तथा हिंसा भैरहेको धारणा राखे ।
६ दिन सञ्चालन हुने सो पूजामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । भने नेपालका विभिन्न स्थानमा रहेका बौद्ध धर्मगुरुहरुको उपस्थिति रहने छ । गण्डकी प्रदेशको राजधानीमा महापूजा सकिएसँगै देशको अन्य प्रदेशमा पनि महापूजाको कार्यक्रम तय गरिसकेको आयोजकले जनाएको छ । आइतबार विहान ८ बजे देखि सुरु हुने सो महापूजाको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?