पोखरामा बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक छात्राको मृत्यु भएको छ । पोखराको सभागृहचोकमा ना ६ ख ४७२५ नं. को दश चक्के मालवाहक ट्रकले ग १४ प ६५९८ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा पोखरा १५, नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएपछि मृतक अञ्जनाको शरीर चक्कामुनि परेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
स्कुटरको पछाडि सवार पाेखरा १०, घलेचोक निवासी १८ वर्षीया मीना गुरुङ घाइते भएको डिएसपी तिवारीले जनाए । घाइते गुरुङको अवस्था सामान्य छ । उनकाे ढाँडमा चाेट लागेकाे छ ।
मृतक पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत रहेकाे बताइएकाे छ ।
ट्रक चालक विश्व श्रेष्ठ र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक श्रेष्ठ तनहुँ जिल्ला व्यास नगरपालिका ११ का हुन्।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’