पोखरामा बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक छात्राको मृत्यु भएको छ । पोखराको सभागृहचोकमा ना ६ ख ४७२५ नं. को दश चक्के मालवाहक ट्रकले ग १४ प ६५९८ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा पोखरा १५, नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएपछि मृतक अञ्जनाको शरीर चक्कामुनि परेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
स्कुटरको पछाडि सवार पाेखरा १०, घलेचोक निवासी १८ वर्षीया मीना गुरुङ घाइते भएको डिएसपी तिवारीले जनाए । घाइते गुरुङको अवस्था सामान्य छ । उनकाे ढाँडमा चाेट लागेकाे छ ।
मृतक पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत रहेकाे बताइएकाे छ ।
ट्रक चालक विश्व श्रेष्ठ र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक श्रेष्ठ तनहुँ जिल्ला व्यास नगरपालिका ११ का हुन्।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो