पोखरा । नेपालमै सबैभन्दा धेरै संख्यामा शाखा विस्तार गरेको एनआईशी एशिया बैंको शाखा विस्तारको क्रम रोकिएको छैन । बैंकले शाखा थप्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका ६, लेकसाइडमा समेत सोमबारबाट सेवा विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले एक समारोहकाबीच शाखा उद्घाटन गरे । देशभर २ सय १० शाखा कार्यालय, २ सय एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर र ६ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकले सेवा प्रदान गर्दै आईरहेको छ । मुलुककै सबैभन्दा ठुलो शाखा संजाल भएको बैंक एनआइसी बन्न सफल छ । बैंकप्रति आम जनमानसको माया, विश्वास र भरोसा बढिरहेको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले बताए ।

वासलतको आकार १५८ अर्ब भन्दा धेरै पुगेको छ । बैंकको कुल कर्जा करिव ११० अर्व र कुल निक्षेप करिव रु १३४ अर्व पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । यससँगै वासलत, कुल कर्जा र कुल निक्षेपको आकारको हिसावले निजी लगानीमा स्थापित बैंक मध्य अग्रणी स्थानमा रहेको पाण्डेले बताए ।
साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको उनले जानकारी दिए । बैंकले देशका अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने योजना सहित अघि बढेको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पर्यटन व्यवसायी गणेश भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । बैंकका पब्लिक रिलेशन अफिसर अर्जुन खनियाले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए