पोखरा । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पोखरामा प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । सोमबार एक समारोहकाबीच प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सभागृहचोक स्थित कार्यालय शुभारम्भ गरे ।
मुख्यमन्त्री गुरुङले जीवन बीमाको सम्भाव्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्ने बताए । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ हुने उनको भनाई थियो । उनले देशैभरि शाखा संजाल बिस्तार गर्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रबीन्द्र श्रेष्ठले वीमालाई सर्वसाधारण सम्म पु¥याउन पर्ने बताउदै कम्पनीले व्यवसायीक सफलताको शुभकामना दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले कम्पनीको बीमा आवश्यकता भएको र जीवन बीमालाई सरकारी स्तरबाट अनिवार्य गर्नु पर्ने बताए ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै आएको बताए ।
उनले संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलता पुर्वक जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल हुनेछ बताए । कम्पनीले फरक किसिममा र समाजका सबै वर्गलाई समेटने किसिमका बीमा योजनाहरु ल्याउने बताए ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेका अनुसार देशभर २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध दिदै आएको छ ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने उनले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो