पिएनजीलाई ५० रनले हराउँदै नेपाल बन्यो च्याम्पियन

पिएनजीलाई ५० रनले हराउँदै नेपाल बन्यो च्याम्पियन

cricket

काठमान्डौ। नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।

यसअघि पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो  नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयाे । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds