पोखरा । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयकाे आयाेजनामा पोखरामा सर्वाधिक पुरस्कार राशीको नाईन ए साईड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । शुक्रबारदेिख पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेकाे छ ।
‘दैनिक एक घण्टा व्यायाम’ नारा सहित नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता गर्ने निर्णय अनुसार आवश्यक तयारीलाई पूर्ण गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले बताए ।
प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । पोखराबाट ६, काठमाडौंबाट ८ टिमको सहभागिता रहने प्रतियोगितामा वालिङ, सिमरा, हेटौडाबाट समेत गरी १९ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगितामा नेपालबाट विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई बजेट छुट्टाउनुपर्नेमा जोड दिदैं खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताए । ‘सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नु हुन्न । खेलकुदमा लगानी गरेको प्रतिफल आउँछ भन्ने हेक्का नहुदाँ लगानी गर्न सरकार डराईरहेको छ ।’ उनले भने–‘प्रतियोगिता मार्फत सहभागि हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँछन् । जुन अप्रत्यक्ष देखिन्छ ।’
प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार स्वरुप १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा दुई सेमिफाईनल पुग्ने टोलीले ३०÷३० हजार नगद पाउने छन् । सर्वोकृष्ट खेलाडीले नगद २० हजार राशी पाउँदा गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद १५/१५ हजार रुपैयाँबाट पुरस्कृत हुने छन् । प्रतियोगिताको लागि ८ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो