पोखरा—उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार लोमान्थाङमा आयोजित आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट कार्यक्रममा एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।
लोमान्थाङमा नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेमा लोमान्थाङ—३ ठिङ्गरका लाक्पा छिरी गुरुङ, लोमान्थाङ—३ फुवाका आङजेन गुरुङ, लोमान्थाङ—४ न्याम्डोकका आङ्ग्याल गुरुङ र लोमान्थाङ—५ का टासी पासाङ लोहासहित एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।उनीहरुलाई एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले पार्टी प्रवेश गराएको एमाले लोमान्थाङ पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङले बताए ।
यस्तै, लोमान्थाङमा कांगेस छोडेर एमाले प्रवेश गर्नेहरुलाई एमाले मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनले फेसबुक मार्फत स्वागत गरेका छन् ।
नेकपा एमाले लोमान्थाङ पालिका कमिटीले ठिङ्गरका एमाले युवा नेता टसी नर्बु गुरुङलाई आसन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । तर,एमालेले अध्यक्षको उम्मेदवार चयन गरेपनि उपाध्यक्षसहित अन्य उम्मेदवारको टुङ्गो लगाएको छैन । पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङले एक दुई दिन भित्र सबै उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिए ।
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु