पोखरा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा १७ वडा कमिटिले निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रताका साथ अघि बढाएको छ ।
पोखरा महानगरपालिकाका ३३ वडामध्ये दोश्रो सवै भन्दा बढी मतदाता भएको सो वडा एमालकोे पकडका रुपमा लिइदै आइएकोमा आगामी निर्वाचनमा पनि पार्टीलाई सम्मानजनक मतका साथ विजयी गराउन नेता तथा कार्यकर्ता सक्रिय बनेका छन् ।
यस बीच पार्र्टीले वडा भित्रका टोल तथा इकाईहरुमा आफ्ना चुनाव लक्षित गतिविधि बढाउनुको साथै बिभिन्न रुपमा मतदाताका माझ पनि पुगिएको वडा इकाईका अध्यक्ष ऋषब तिमिलाले जानकारी दिए ।
उनका अनुसार पार्टीले सिफारिस गरेका उम्मेदवार, माथिल्लो कमिटिमा प्रतिनिधित्व गर्ने नेता सहित स्थानीय कार्यकर्ताको भेला सम्पन्न भएको छ ।
निर्वाचनमा पार्टीकोतर्फबाट सिफारिस गरिएका वडाअध्यक्ष र सदस्यका उम्मेदवार बीच आत्मियता बढाउदै पार्टीको पक्षमा जनमत बढाउन आन्तरिक छलफल एवम् अन्तरक्रियालाई प्राथमिकतामा राखिएको छ ।
उमेदवारका आकांक्षी बीच पनि सकेसम्म आफ्नै पक्षमा निर्णय गराउने र नपाएका अवस्थामा पनि पार्टीको उम्मेदवारलाई विजयी गराउन दत्तचित्त भएर लाग्ने सम्वन्धमा छलफलहरु गंभीरताका साथ बढेको उनको भनाइ छ ।
भेलाले निर्वाचनलाई लक्षित गरि वडा कमिटि अध्यक्ष तिमिलाको संयोजकत्वमा पार्टीको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि सहभागि एक हजार ११७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पोखरा १७ डेमसाईडस्थित पार्टीको वडा कमिटि कार्यालयमा आयोजित भेलामा वडाअध्यक्षमा सिफारिस भएका उम्मेदवारहरु सुवास ढुङगाना, राधिका शाही योगी र रघुनाथ शर्मा भण्डारी पार्टीको निर्णयलाई आत्मसाथ गर्दै एमालेलाई विजयी बनाउन आफ्नोतर्फबाट जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य भेषराज बरालले गठबन्धनले मुलुकलाई अस्थिरता तर्फ लैजाने बताउँदै त्यसका विरुद्धमा संगठित हुन पार्टी कार्यकर्ता तथा आम मतदातालाई आग्रह गरे ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भौगोलिक हिसाव ठूलो वडामा सिमीत श्रोत साधनको बाबजुद पनि विकासका आधार बनाउन सफल भएको बताउँदै कतिपय अधुरा काम आगामी निर्वाचित जनप्रतिनिधिले पुरा गर्ने विश्वास व्यक्त गरे ।
यसअघि वडामा गठित विभिन्न १५ वटा टोल कमिटि, जनवर्गीय संगठनका भेला सम्पन्न गरेर नयाँ कमिटिहरु गठन गरिएको वडा सचिव विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा चुनावलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार पार्टी कार्यालयहरु स्थापना गर्ने र निर्वाचन आचार संहितालाई पूर्णरुपमा पालना गर्न गराउन भेलाले सबैमा आव्हान समेत गरेको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह