पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘रातदिन श्रम गरेर जिविकोपार्जन गर्ने श्रमजीवहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु ।’
विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको भन्दै उनले नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले विसं २०१६ मा कारखाना र मजदूरसम्बन्धी कानुन तर्जुमा गरेर, मजदुरहरुलाई कानुनसम्मत् अधिकार प्रदान गरेको सन्दर्भ स्मरण गरेका छन् ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रपंत्तिमा जुध्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिन सकेमात्र यो वर्ग लाभान्वित हुने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या छन् । उनीहरुको हक, हित सुरक्षाका लागि प्रदेश सरकार सदा प्रतिबद्ध छ । म यस अवसरमा पुन सम्पूर्ण मजदुर वर्गमा शुभकामना व्यक्त गर्दछु ।’
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो