पोखरा। नेपाल ईन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिले स्थानीय चुनाव विकासको वाहक बन्न सक्नु पर्ने बताएको छ । एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै देश भर उत्साहका साथ हुन लागेको निर्वाचन स्वच्छ, मर्यादित र भयरहित बन्न सक्नु पर्नेसमेत बताएको छ । सभापति ई. बृजेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा स्थानीय निर्वाचनलाई सामान्य ढंगलेमात्र बुझेर समस्याको समाधान नहुने तर्कसमेत राखेको छ ।
स्थानीय जनप्रतिनिधिले विकासलाई प्राथमिकतामा राख्न नसकेको अवस्थामा एसोसिएसनले आवश्यक परे पुरा सहयोग गर्न तयार रहेको जनाएको हो । सभापति केसीले पोखरामात्र नभई सिंगो गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न तहमा विकासलाई केन्द्रमा राख्न अनुरोध गरेको छ । नेता चुन्ने काममात्र नगरी वास्तविक विकास र जनचाहना अनुरुप काम गर्ने नेतृत्व चुन्नसमेत इन्जिनियर्स एसोसिएसनसँग आवद्ध अगुवाहरुलाई निर्देशन दिइएको छ । सभापति केसीले वौद्धिक र गर्न चाहने समूहलाई एसोसिएसनले सहयोग गर्ने वचनसमेत दिएका छन् ।
स्थानीय चुनाव, विकासको निकास बनाउन एसोसिएसनले गर्दै आएको कामलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ । भौगोलिक हिसावमा भिन्न पहिचान बोकेको गण्डकी प्रदेशलाई नमुना प्रदेश निर्माण अभियानमा धैरै काम गर्न बाँकी रहेको भन्दै सभापति बृजेन्द्र केसीले गण्डकी प्रदेश भरका इन्जिनिएरले विकास र विकास प्रेमी नेता र नेतृत्वलाई साथ दिने बताएका हुन् ।
नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेशका कोषाध्यक्षसमेत रहेका केसीले लोकतान्त्रिक समुह सिडेन आवद्ध अगुवाहरुलाई विकास प्रेमी र आगामी ५ वर्ष भित्र निकास सहितको विकास दिने नेतृत्वलाई स्थान दिँदै मतदान मार्फत् प्रमुख र उपप्रमुख चुन्न समेत आग्रह गरेका छन् । पेशागत तथा सेवामुलक संस्थाबाट परिवर्तनको आशा गर्न सकिने बताउँदै आएका केसी ३३ औं केन्द्रीय तथा प्रादेशिक कार्यकारिणी समितिमा निर्वाचित भएका हुन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ