पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाको हत्यामा संग्लग्न रहेको आरोपमा बाबु छोरालाई पक्राउ गरेको छ।
दुई साता अघि फेवाताल किनारमा वेवारिसे अवस्थामा मृत फेला परेकी महिलाको हत्याको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा -६ खपौदी घर भइ लेकसाइड बस्दै आएका ३६ वर्षीय सन्तोष जलारी र निजको छोरा १८ वर्षीय साजन जलारी रहेका छन्।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा -५ मालेपाटन बस्दै आएकी ४४ वर्षीया सेती माया अधिकारीको गत बैशाख ६ गते मंगलबार बिहान फेवाताल किनारमा शव फेला परेको थियो।
शव फेला परेको भन्ने स्थानीयको सूचना पश्चात वडा प्रहरी कार्यालय वैदामबाट तत्काल खटिएको प्रहरीको टोलीले मृत शवको प्रकृति हेर्दा हत्याको आशंका लागि घटनास्थलको मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल पठाएर अनुसन्धानमा जुटेको थियो।
अनुसन्धानका क्रममा बाबुछोरा सन्तोष जलारी र साजन जलारीको संग्लाग्नता देखिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
उनीहरुमाथि ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपको अनुमती लिएर आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
परिचय खोल्दै बलेविरूद्ध संगम बिष्टको आक्रामक स्टाटसः ‘कत्थक नाच्थेँ, अब ताण्डव गर्छु’
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
डिजिटल हिंसामा परेपछि अमिशा पुगिन् साइबर ब्युरो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प