तनहुँ । तनहुँमा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। घिरिङ गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो।
कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग. २ च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए। उनका अनुसार गाडीको सिसा फुटेको छ।
घिरिङ गाउँपालिका– ५ मा चुनावी र्यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुवेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो। सोमबार नेपाली कांग्रेसको चुनावी र्यालीमा सहभागी हुन पुट्टार पुगेका घिरिङ– ५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।
आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी र्यालीमा सहभागी भएको कांग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए। उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकोमा रहेका उनी र्यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे।
बेपत्ता विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बेपत्ता विकको स्थानीय र प्रहरीको सक्रियतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीका प्रवक्ता प्रहरी नावय उपरीक्षक युवराज खड्काले बताए।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन