स्थानीय चुनाव सकिएको भोलिपल्टै सरकारले बढायो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

स्थानीय चुनाव सकिएको भोलिपल्टै सरकारले बढायो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

petrol

काठमाण्डौ। स्थानीय निवार्चन सकिएको भोलिपल्टै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबाररातिदेखि लागु हुनेगरी सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ