सुन्दर कुमार थकाली, मुस्ताङ । आपुर्ति मन्त्रालयका ३ टोली समेत जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय जिल्ला घरेलु तथा साना उद्योग,कोष तथा लेखा नियन्त्रण कार्यालय,उपभोक्ता मञ्च,मुस्ताङ उद्योग वाणिज्य संघ र नागरिक समाजको संयुक्त टोलीले शुक्रवार जोमसोममा बजार अनुगमन गरेको छ ।
आपुर्ति मन्त्रालयका शाखा अधिकृत पवन कुमार प्याकुरेल सहितको टोलीले जोमसोममा छड्के अनुगमन गर्दा ८ वटा खाद्य पसल कारवाहीमा परेका हुन् । ति पसलबाट म्याद गुज्रिएका ३१ हजार बराबरको अखाद्य वस्तु बरामतगरि स्पोर्टमै नष्ट गरेको सिडियो शिशिर पौडेलले जानकारी दिए ।
उनका अनुसार छड्के अनुगमनमा परेका पसलहरुमा साहारा फेस हाउँस,धादिङ फ्रेस हाउस,गौतम खाद्य स्टोर,ठिनी सस्तो खाद्य पसल,रिजाल खाद्य स्टोर लगायतका ८ पसल कारवाहीमा परेका छन् ।यसअघि बजार अनुमन भएको थाहा पाएपछि जोमसोमका २ पसलले अनुमन पुर्वनै पसल बन्द गरेको सिडियो पौडेलको भनाई छ ।
आपुर्ति टोली समेतको टोलीले गरेको अनुगमनमा म्याद ग्ज्रिएका फ्रुटी, आटा ,बिस्कुट,चिउरा,मैदा,मसला ,खाने तेल ,सोडा ,कोकफेन्टा र रेडबुल आदी भेटिएको हो । अनुगमनपछि सिडियो पौडेलले सर्वसाधरणको स्वास्थ्य संग जोडिएको दैनिक उपभोग्य वस्तुलाई कडाईका साथ बजार अनुगमन गर्दे लैजाने जनाए ।
‘हामीले हरेक पसलको पहिचान गर्ने तैयारी गरेका छौ ।म्याद गुज्रिएका सामान बिक्रि नगर्न संम्वन्धित डिलरमा फर्काउनु होस् भनेका छौ ।हाम्रो आग्रहलाई अटेर गरेर अखाद्य वस्तु बिक्रि गर्न राखिएमा कारवाही गछौं ।’ सिडियो पौडेल भने ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला