सुन्दर कुमार थकाली, मुस्ताङ । आपुर्ति मन्त्रालयका ३ टोली समेत जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय जिल्ला घरेलु तथा साना उद्योग,कोष तथा लेखा नियन्त्रण कार्यालय,उपभोक्ता मञ्च,मुस्ताङ उद्योग वाणिज्य संघ र नागरिक समाजको संयुक्त टोलीले शुक्रवार जोमसोममा बजार अनुगमन गरेको छ ।
आपुर्ति मन्त्रालयका शाखा अधिकृत पवन कुमार प्याकुरेल सहितको टोलीले जोमसोममा छड्के अनुगमन गर्दा ८ वटा खाद्य पसल कारवाहीमा परेका हुन् । ति पसलबाट म्याद गुज्रिएका ३१ हजार बराबरको अखाद्य वस्तु बरामतगरि स्पोर्टमै नष्ट गरेको सिडियो शिशिर पौडेलले जानकारी दिए ।
उनका अनुसार छड्के अनुगमनमा परेका पसलहरुमा साहारा फेस हाउँस,धादिङ फ्रेस हाउस,गौतम खाद्य स्टोर,ठिनी सस्तो खाद्य पसल,रिजाल खाद्य स्टोर लगायतका ८ पसल कारवाहीमा परेका छन् ।यसअघि बजार अनुमन भएको थाहा पाएपछि जोमसोमका २ पसलले अनुमन पुर्वनै पसल बन्द गरेको सिडियो पौडेलको भनाई छ ।
आपुर्ति टोली समेतको टोलीले गरेको अनुगमनमा म्याद ग्ज्रिएका फ्रुटी, आटा ,बिस्कुट,चिउरा,मैदा,मसला ,खाने तेल ,सोडा ,कोकफेन्टा र रेडबुल आदी भेटिएको हो । अनुगमनपछि सिडियो पौडेलले सर्वसाधरणको स्वास्थ्य संग जोडिएको दैनिक उपभोग्य वस्तुलाई कडाईका साथ बजार अनुगमन गर्दे लैजाने जनाए ।
‘हामीले हरेक पसलको पहिचान गर्ने तैयारी गरेका छौ ।म्याद गुज्रिएका सामान बिक्रि नगर्न संम्वन्धित डिलरमा फर्काउनु होस् भनेका छौ ।हाम्रो आग्रहलाई अटेर गरेर अखाद्य वस्तु बिक्रि गर्न राखिएमा कारवाही गछौं ।’ सिडियो पौडेल भने ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु