पोखराको दुई वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखराको दुई वडामा पुनः मतगणना गर्न एमालेको माग

Pokhara1

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न नेकपा एमालेले माग गरेको छ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो। प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको हो।

दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन्।

वडा नम्बर ३१ मा १ सय ६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ