पोखरा । सानैमा बाबुआमा गुमाएर टुहुरो बनेका बेसहारालाई धम्क्याउँदै सडक निर्माण गरिएको छ । उनीहरुको जग्गालाई बढी असर पुग्ने गरी वडा अध्यक्ष सहितको अगुवाईमा सडक निर्माण गरिएको गुनासो गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २१ को कृस्ति भालडाँडा मट्टीखान सडक निर्माणका क्रममा निर्माण समितिले एउटै व्यक्तिको जग्गा बढी नोक्सान हुने गरी सडक खनेको र जग्गाको बीचमै पर्ने गरी ह्युमपाईप राखेको हो ।

निर्माण समितिका सदस्यहरुले आफ्नो जग्गा जोगाउने नियतसाथ यस्तो गरेको पीडित स्थानीय १८ वर्षीय विनायक सिग्देलले बताए । ‘सानै छँदा आमाबाबु गुमायाँै । दुई दिदी र म काका र मामाको रेखदेखमा छौ’- उनले भने, ‘हामीलाई कमजोर ठानेर जग्गामा जथाभावी सडक खनिएको हो ।’
आफुहरु अन्यायमा परेको भनेर गुनासो राख्दा निर्माण समितिका अध्यक्ष र वडाध्यक्ष खगराज आचार्यको निर्देशनमा लछारपछार र धाकधम्कीसमेत दिइएको उनले बताए ।
जग्गाको बीचमा ह्युमपाइप बिच्छाउने, एकातिर लगतकट्टा गरी मेरो जग्गाबाट सडक खन्ने, विद्युतिय पोल पनि मेरै जग्गामा ल्याएर गाडिदिने गरेको उनले गुनासो गरे ।
यसैबीच, सिग्देलले शान्ति सुरक्षा कायम गरी पाउ भन्दै बुधवार स्थानीय प्रशासनमा निवेदन दिएका छन । सिग्देलका मामा अजय पराजुलीले कुराकानी गरी सडक खन्नुपर्ने भन्दाभन्दै आफुलाई पनि लछारपछार गरी जबरजस्ती डोजर चलाइएको बताए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए