पोखरा । पोखरामा शनिबार सम्पन्न प्रथम गण्डकी प्रदेश स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा कास्कीका रोशन पुन र सीता कुमारी खड्का प्रथम भएका छन् ।
कास्की जिल्ला जिम्न्यास्टिक संघले प्रतियोगिता आयोजना गरेको हो । महिलातर्फ सीता कुमारी प्रथम हुँदा सुबि भासिका द्वितीय र कृति खत्री तृतीय भइन् । यस्तै, पुरुषतर्फ रोशन सर्वोत्कृष्ट रहँदा कास्कीकै विशाल पुन द्वितीय र बाग्लुङका कृष्ण कँडेल तृतीय भए ।
प्रतियोगितामा विजेताहरुले नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङलगायतले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।
प्रमुख अतिथि मन्त्री गुरुङले जिम्न्यास्टिक खेललाई बालबालिका तहसम्मै लगेर यसरी प्रतियोगिता आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले पोखरा रंगशालामा जिम्न्यास्टिक खेल अभ्यासका लागि स्थान उपलब्ध गराएको जानकारी गराउँदै गण्डकी प्रदेश सरकार यस खेल विकासको लागि प्रतिबद्ध रहेको जनाए ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका संघ कास्कीका कार्यवाहक अध्यक्ष राजु कायस्थले प्रत्येक खेलका लागि जिम्न्यास्टिक सहायक खेल भएकोले ‘मदर अफ स्पोर्टस्’ अर्थात् जिम्न्यास्टिकलाई खेलको जननी मानिएपनि सो अनुसार प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।
सचिव प्रकाशचन्द्र सापकोटाले व्यक्तिको सन्तुलन, लचकता, बल, नियन्त्रण, धैर्यता र साहसिक गुणको समिश्रणका कारण जिम्न्यास्टिक हरेक खेलको जननी रूपमा रहेकाले राज्यले नै यसको विकासका लागि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा स्वागत सहसचिव राजु केसीले गरेका थिए ।
नेपालमा २०२३ सालमा जापानी सहयोगमा जिम्न्यास्टिक खेलको सुरुवात भएको पाइन्छ । त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जिम्न्यास्टिक संघ गठन गरेको थियो । जिम्न्यास्टिक संघ नेपालको पुरानो संघमा पर्छ तर राज्यको प्राथमिकतामा नपर्दा आफ्नो अस्तित्व जोगाउन अहिलेपनि संघर्ष गरिरहेको छ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला