म्याग्दी । म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानियबासी खुसी भएका छन्। नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानियलाई सहज भएको हो । भौगोलिक रुपमा विकट रहेको उक्त स्थानमा यसअघि मोवाईल सेवाको पहुँच थिएन ।
ग्रामिण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । समुन्द्र सतह देखि झण्डै २ हजार ८ सय मिटरको उचाईमा अवस्थित चिमखोलाको धुरीबाट सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शर्माले बताए । भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाईएको उनको भनाई छ ।
बस्तीबाट ३ घण्टाको पैदल यात्रा पछि पुगिने उक्त डाँडामा केन्द्रिय विद्युतको लाईन विस्तार गरेर टावर सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिंखडाले जानकारी दिए । “टेलिकमले अहिले अस्थायी टावर निर्माण गरि मोवाईल सेवा सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नती गरि अत्याधुनिक प्रविधीको फोरजी सेवा मार्फत भ्वाईस र उच्च गतिको ईन्टरनेट (मोवाईल डाटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं” सिंखडाले भने।
पहिले मोवाईल सेवा नहुँदा दुख पाएका नागरिकले टेलिकमको टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि रघुगंगा गाउँपालिका वडा नं ५ झिंईमा १ सय, वडा नं ६ पाखापानीमा १ सय, वडा नं ७ चिमखोलामा १ सय, वडा नं ८ कुईनेमंगलेमा २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएको रघुगंगा गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष थक बहादुर पाईजाले जानकारी दिए ।
मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । टावर निर्माण सँगै त्यस क्षेत्रको प्रचार प्रसार र सुचना आदान प्रदानको निमित्त थप सहज भएको स्थानियले बताएका छन । विद्युतिकरण तथा पोल टावर निर्माण र जडानमा टुडे हाईड्रो पावर कम्पनीले सहयोग गरेको हाईड्रो पावरका ईन्जिनियर प्रकाश तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन