पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदैछ। साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास सड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने उनले बताए ।
पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुने समितिले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन ड्यामसाइडस्थित खेलकुद विकास समितिको कार्यालय, न्यूरोडस्थित साइकल ल्याण्ड, सिर्जना चोकस्थित चालिसे साइकल, पोखरा माउण्टेन बाइक एडभेन्चर हल्लनचोकमा पाइने फारम भर्नुपर्ने छ । काठमाडौँमा साइक्लिष्ट उषा खनाललाई सम्पर्क गरेर फारम भर्न सकिने आयोजकले जनाएको छ । तोकिएका स्थानबाट शुक्रबार दिउँसो २ बजेसम्म फारम भर्न सकिने सहआयोजक साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ ।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताले साइक्लिङलाई खेलकै रुपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यो पहिलो प्रयास भएको र आगामी वर्षमा विदेशी साइकलयात्रीलाई पनि सहभागी गराउने गरी तयारी गर्ने उनले बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला