गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रतिभा माविले युवा क्रिकेटर सन्दिप लामिछानेलाई १० बजे सम्मान गर्ने कार्यक्रम राखेको थियो । त्यसअघि, नदिपुर ज्ञानमार्ग स्थित विद्यालय प्राङ्गणमा रेड कार्पेटमा स्वागत गर्ने तयारी ग¥यो ।
साढे नौ बजे विद्यालय परिसारमा स्वागत गर्न विद्यार्थीहरुलाई लामबद्ध राखिएको थियो । तर सन्दिप १० बजेपछि मात्र आइपुगे । कति विद्यार्थी घामले आत्तिएर पाखा लागिसकेका थिए । यद्यपी, सन्दिप आउनासाथ विद्यार्थीहरु भने औधि रमाए । उनीहरु हुटिङ गर्दै सेल्फी खिच्न र अटोग्राफ लिन लालायित थिए ।
सम्मान कार्यक्रमका लागि प्रमुख अतिथि प्रदेश नं. ४ सामाजिक विकास मन्त्री नरदेवी पुनलाई निम्त्याइएको थियो । उनी १० बजेको सन्दिपलाई सम्मान कार्यक्रममा सहभागी भएर साढे १० बजे अर्को कार्यक्रममा जाने योजनामा थिईन् । तर, सन्दिप समयमा नआएपछि सम्मान कार्यक्रम स्थल ह्वाइट हाउस पार्टी प्यालेसमा मन्त्री पुन धेरै बेर पर्खनुप¥यो । आयोजक सदस्य मन्त्री मनाउन ब्यस्त थिए ।
मन्त्री जाने सुर गर्दै गर्दा सन्दिप आइपुगे । खचाखच भरिएको हलमा उनी घेरिए । समर्थक मञ्चसम्मै पुगेर फोटो खिच्ने, अटोग्राफ लिने गरेपछि मन्त्री सहभागी औपचारिक कार्यक्रम समेत निकै अस्तब्यस्त बनेको थियो ।
आईपिएल खेलेर फर्केपछि सन्दिपको चर्चासँगै फ्यान फलोइङ पनि निकै बढेको पोखराको यो कार्यक्रमबाट पुष्टि भयो । कार्यक्रम सकिएपछि पनि झण्डै आधा घण्टा फ्यानले घेरिएपछि उनी फोटोमा पोज दिन र अटोग्राफ दिनै व्यस्त भए । उनका सहयोगीहरुले बल्ल बल्ल फुत्काएका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्