पोखरा । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न पोखरा न्यूरोड स्थित गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालीले टिशर्ट प्रदान गरेको छ । पोखरामा सोमबार एक समारोहबीच प्रालीका अध्यक्ष चिनु गुरुङले आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई टिशर्ट हस्तान्तरण गरेकी हुन ।
गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालीका अध्यक्ष गुरुङले मंचका अध्यक्ष केशब पाठकलाई टिशर्ट हस्तान्तरण गर्दै आफ्नो कम्पनी स्र्पोट्स अर्वाड जस्तो महत्वपूर्ण कार्यक्रममा जोडिन पाएको खुसी ब्यक्त गरिन । पोखरा उद्योग वाणिज्य संघकी सदस्य समेत रहेकी गुरुङले मंचले आयोजना गर्ने अवार्ड कार्यक्रमलाई कम्पनीका तर्फ बाट हरेक वर्ष निरन्तर सहयोग गर्ने गरि सम्झौता समेत गर्ने बताइन ।
यस क्षेत्रको खेलकुद बिकास र खेलाडीको प्रोत्साहनमा मंचले गरेको कार्य प्रशंसनिय रहेको जनाउँदै उनले अन्य ब्यबसायिक प्रतिष्ठानहरुले पनि मंचलाई खुलेर सहयोग गर्न आग्रह गरिन ।
उक्त हस्तान्तरण कार्यक्रममा मंचका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिननाथ बराल, कार्य समिती सदस्य नारायण शाही लगाएतका उपस्थिती रहेको थियो । मंचलाई हस्तान्तरण गरिएको टिशर्ट शाहस स्र्पोट्स काठमाण्डौले बनाएको हो ।
यसैबीच, जेठ १८ गते आयोजना हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी), सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोयनमा परेका छन् ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।
विजेताहरुले टिभिएस अपाचे मोटरसाइकल, टिभिएस विगो स्कुटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् । लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ ।
उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिनेछ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’