पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पछिल्लो ६ महिनाको अवधिमा कास्की जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेको तथ्यांक सार्वजनिक गरेको छ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ जनवरीदेखि जुनसम्म घटेका घटनाहरुको सार्वजनिक तथा समिक्षा कार्यक्रममा कास्कीमा सन् २०२२ जनवरीदेखि जुनसम्म ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख भएको जनाएको छ।
६ ओटा बाल अधिकार अन्तर्गत बलात्कार, बलत्कार प्रयास, यौन दुर्व्यवहार, २ ओटा महिला अधिकार अन्तर्गत बलात्कार र यौन दुव्र्यवहार, घरेलु हिंसाका ३५, गिरफ्तारीका चार, सम्पत्ती क्षतीका दुई हत्याका ४ वटा घटना सङ्कलन गरिएको कास्की प्रतिनिधि सुशन घिमिरेले जानकारी दिए।
कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले ग्रामीण क्षेत्रमा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको बताउँदै ग्रामीण क्षेत्रमा सचेतना फैलाउनुपर्ने बताए। उनले राज्य र नागरिक दुवैपक्षले मानवअधिकारको पालना गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्लेले आयोगमा समेत महिला हिंसा सम्बन्धि घटनामा बढी उजुरी पर्ने गरेको बताए।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले संयुक्त राष्ट्रसंघले पारित गरेको ७ वटा ठूला महासन्धिमा केन्द्रित रहेर आफूहरुले मानवअधिकारको बारेमा अनुगमन गर्दै आइरहेको बताए।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिहरुले अधिकारका विषयमा विभिन्न फोरमहरुमा आवाज उठाउँदै आएपनि न्यायिक प्रक्रियामा जान नसकिरहेको भन्दै पिडा पोख्ने मात्रै नभई न्यायिक प्रक्रियामा समेत अगाडी बढ्नुपर्ने भनाई राखे।
गैरसरकारी संस्था महासंघ गण्डकी कार्यवाहक अध्यक्ष पदमराज पहारीले नागरिकहरु संविधानले प्रदान गरेका अधिकारबाट वञ्चित भएको बताए।
महिला मानवअधिकार रक्षक संजाल अध्यक्ष इन्द्र कुमारी शर्माले बालिका पीडित हुने घटनामा वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’