पोखरा । अनलाइन मिडिया ‘नेपालअहिले डटकम’ पोखराबाट शुरु भएको छ । काठमाण्डौंको अनामनगरमा मूख्य र पोखराको शिवालयचोकमा प्रदेश कार्यालय रहेको नेपालअहिले अनलाइनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र वरिष्ठ पत्रकार नारायण कार्कीले पोखरास्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा शुभारम्भ गरे ।
कार्यक्रममा प्रमुख अतिथि मेयर आचार्यले नेपालअहिलेले पत्रकारिताको धर्म निर्वाह गर्दै जनतालाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताए । उनले मिडियाहरुका बीचमा उत्कृष्ट बन्न सकोस् भन्दै अनलाइनको सफलताको कामना गरे ।
कार्यक्रमका विशेष अतिथि वरिष्ठ पत्रकार कार्कीले नेपालअहिलेलाई जनताको आवाज बनेर अगाडि बढ्नका लागि शुभकामना दिए । उनले अनलाइन मिडियाले समाचार प्रकाशन प्रशारणका क्रममा छिटो र पहिलो बन्ने दौडमा लाग्नुभन्दा सही सूचना सम्प्रेषणमा बढी जोड दिनुपर्ने सुझाव राखे ।
नेपालअहिलेका अध्यक्ष तथा सम्पादक गणेश बराल ‘ढाकामोहन’ ले अहिले नेपालअहिले र अंग्रेजीमा नेपाल लेटेस्ट सञ्चालनमा ल्याएकाे जानकारी दिँदै निकट भविष्यमै प्रदेश केन्द्रित वेबसाइट सञ्चालन गरिने बताए । अनलाइन पत्रकार संघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका बराल लामाे समयदेखि यहाँकाे अग्रणी न्यूजपाेर्टल पाेखरा न्यूज डटकमका संस्थापक सम्पादक थिए ।
कार्यक्रममा पोखरास्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा नेपाली भाषाको अनलाइन नेपालअहिलेडटकमसँगै अंग्रेजी भाषामा नेपाललेटेष्टडटकमको पनि औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै