बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो परिमाणमा अवैध लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ।
सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा बुटबलबाट बागलुङका लागि छुटेको लु २ ख ५३१६ नंवरको बसबाट प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाल्पा जिल्ला साविक मदनपोखरा गा.वि.स – ७ स्थायी घर भएका ४५ वर्षीय कृष्ण प्रसाद पुरी, गुल्मी जिल्ला मुसिकोट नगरपालिका- ५ निवासी ३८ वर्षीय सुरथ बहादुर घिमिरे, रुपन्देहि जिल्ला देवदह नगरपालिका – ६ निवासी ३३ वर्षीय लोक बहादुर थापा र दाङ जिल्ला लमहि नगरपालिका ७ निवासी २५ वर्षीय को शोसण चौधरी रहेका छन्।
प्रहरीका अनुसार उक्त बसमा लागु औषधको ओसारपसार भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले बागलुङ नगरपालिका -४ चिप्लेटी बसपार्कमा पुगेर बसलाई चेकजाँच गर्दा यात्रु आवतजावत गर्ने गल्लीमा रहेको कम्ब्याट रङको पछाडि भिर्ने झोलामा लुकाई राखेको काजग र खैरो रङको प्लाष्टिकको टेपले बेरेको अवस्थामा लागु औषध बरामद गरेको हो।
बरामद भएको लागु औषधमा फेनेरागन ९०५ एम्पुल, डाइजेपाम ९२४ एम्पुल, र नुर्फिन ९२७ एम्पुल गरी कूल २ हजार ७ सय ४६ एम्पुल लागु औषध रहेको छ।
पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत बागलुङबाट २० दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा