पोखरा । सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा १८ अर्व रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा खर्च हुने गरी १७ अर्व ९९ करोड ९६ लाख रुपैयाँ विनयोजन गरिएको हो । विनियोजित बजेटले आगामी बर्षभित्रै मुआब्जा वितरण सक्ने सरकारको लक्ष्य छ ।
चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी वर्ष झण्डै ८ अर्ब बढी बजेट दिएको हो । आगामी वर्षका लागि विनियोजन गरेको रकममध्ये अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि मात्रै १७ अर्ब ७३ करोड छुट्याइएको छ । बाँकी रकमले पुनर्बास र पुर्नस्थापनाका काम थाल्ने बताईएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविकका २७ गाविसका जग्गा सरकारले २०७३ चैतदेखि नै खरिद बिक्री रोक्का गरेको छ ।
चालु वर्षसम्म गोरखा र धादिङका गरी साविकका १२ गाविसको मात्र मुआब्जा वितरण सकिने अनुमान छ । सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा मुआब्जा वितरण लम्बिरहेको स्थानीयको गुनासो छ । जग्गाबाहेक घरगोठ र वोटविरुवाको भने अहिलेसम्म मुल्यांकन नै गरिएको छैन । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको जग्गाको भने मुआब्जा नै तोकिएको छैन ।
आयोजना निर्माणका लगि प्रतिस्पर्धाबाट कम्पनी छानिने उर्जा मन्त्रालयले जनाएको छ । सुरुमा २०६९÷०७० बाट काम थालेर २०७७÷०७८ मा सक्ने लक्ष्य राखिएको थियो । यद्यपी हालसम्म मुआब्जा वितरण पनि सकिएको छैन ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?