पोखरा । सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा १८ अर्व रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा खर्च हुने गरी १७ अर्व ९९ करोड ९६ लाख रुपैयाँ विनयोजन गरिएको हो । विनियोजित बजेटले आगामी बर्षभित्रै मुआब्जा वितरण सक्ने सरकारको लक्ष्य छ ।
चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी वर्ष झण्डै ८ अर्ब बढी बजेट दिएको हो । आगामी वर्षका लागि विनियोजन गरेको रकममध्ये अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि मात्रै १७ अर्ब ७३ करोड छुट्याइएको छ । बाँकी रकमले पुनर्बास र पुर्नस्थापनाका काम थाल्ने बताईएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविकका २७ गाविसका जग्गा सरकारले २०७३ चैतदेखि नै खरिद बिक्री रोक्का गरेको छ ।
चालु वर्षसम्म गोरखा र धादिङका गरी साविकका १२ गाविसको मात्र मुआब्जा वितरण सकिने अनुमान छ । सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा मुआब्जा वितरण लम्बिरहेको स्थानीयको गुनासो छ । जग्गाबाहेक घरगोठ र वोटविरुवाको भने अहिलेसम्म मुल्यांकन नै गरिएको छैन । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको जग्गाको भने मुआब्जा नै तोकिएको छैन ।
आयोजना निर्माणका लगि प्रतिस्पर्धाबाट कम्पनी छानिने उर्जा मन्त्रालयले जनाएको छ । सुरुमा २०६९÷०७० बाट काम थालेर २०७७÷०७८ मा सक्ने लक्ष्य राखिएको थियो । यद्यपी हालसम्म मुआब्जा वितरण पनि सकिएको छैन ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै